माछापुच्छ्रे क्यापिटलद्वारा नुवाकोटका विद्यार्थीलाई सहयोग « Arthapath.com
२२ असार २०८२, आईतबार

माछापुच्छ्रे क्यापिटलद्वारा नुवाकोटका विद्यार्थीलाई सहयोग



काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते तथा राष्ट्रिय बीमा संस्थानको संयुक्त आयोजनामा विद्यार्थीलाई विभिन्न सामान हस्तान्तरण भएको छ ।

बालबालिकाहरुलाई शैक्षिक सामाग्री, स्कुल व्याग, ट्र्याक सुट तथा खेलकुद सामाग्रीहरु वितरण गरिएको क्यापिटलले जनाएको छ ।

नुवाकोटको तादी गाउँपालिका– ६ चामोटे स्थित ‘श्री सीता धर्म आधारभूत विद्यालय’मा अध्ययनरत विद्यार्थीलाई सामान उपलब्ध गराइएको हो ।

शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालयका बाल विकाश कक्षादेखि ८ कक्षासम्म अध्ययनरत १०४ जना बालबालिकाहरुलाई उतm सामग्रीहरु वित्तरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा माछापुच्छ्रे क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार सहभागि थिए ।

आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान लगायत, वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुट लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्