साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२२ असार २०८२, आईतबार

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्दैछ।

भोली फागुन २९ गते, बिहीबार होलीको सार्वजनिक बिदा परेका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस्