ललितपुरको भैसेपाटीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

ललितपुरको भैसेपाटीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम



काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ ।

ललितपुरको भैसेपाटीस्थित कार्यबिनायक ट्रेड सप्लायर्सलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो ।

शुक्रबार आयोजित औपचारिक समारोहमा कार्यबिनायक ट्रेड सप्लायर्सका सञ्चालक मनि राज महर्जन र लेमिनार टायल्सका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै अभिनव चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ ।

कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन् ।


प्रतिक्रिया दिनुहोस्