बुद्ध एयरको क्रू प्रशिक्षण: पाइलट र एयरहोस्टेसको उत्कृष्टता निखार्न पर्दा पछाडि के-के हुन्छ ? « Arthapath.com
१ असार २०८२, आईतबार

बुद्ध एयरको क्रू प्रशिक्षण: पाइलट र एयरहोस्टेसको उत्कृष्टता निखार्न पर्दा पछाडि के-के हुन्छ ?



काठमाडौँ । हवाई यात्रा गर्ने यात्रुहरूले आकाशमा प्रायः क्याबिन क्रू अर्थात् एयर होस्टेसहरुको मनमोहक मुस्कान देख्छन् । ककपिटबाट बोलिरहेका पाइलटको आत्मविश्वासले भरिपूर्ण स्वर सुन्छन् ।

तर त्यो सुमधुर मुस्कान र गहकिलो आवाज यत्तिकै आउँदैन । त्यसको पछाडि कडा प्रशिक्षण, अथक मिहेनत, अनुशासन र गम्भीर तयारी लुकेको हुन्छ ।

नेपाली आकाशमा सर्वाधिक सुरक्षित र लोकप्रियमध्येको एक, बुद्ध एयरले आफ्ना कर्मचारीलाई यस किसिमको सुरक्षित र समर्पित सेवामा उतार्न पृष्ठभूमिमा कसरी तयारी गरिरहेको छ भन्ने विषय आज हामी चर्चा गर्दै छौँ । कोही नयाँ सदस्य जब बुद्धको तालिम केन्द्रको ढोकाबाट भित्र छिर्छ, तत्क्षणदेखि लिएर आकाशमा उत्रँदासम्म बुद्ध एयरले आफ्ना कर्मचारीलाई केवल ‘तयार’ मात्र पार्दैन, ‘असाधारण’ बनाउँछ ।

पाठ्यक्रम बाहिरको प्रशिक्षण

बुद्ध एयरको यस्तो प्रशिक्षण कुनै एकपल्टको प्रक्रिया होइन, यो त निरन्तर चलिरहने अभ्यास हो । हरेक पाइलट र क्याबिन क्रूले प्रविधि ज्ञान तथा व्यवहारिक सीप सिक्ने प्रक्रिया सधैँ भरी चलिरहन्छ ।

सिकाइको सुरुवात चाहिँ कक्षा कोठाबाटै हुन्छ । जहाँ हवाई सिद्धान्त, विमान प्रणाली, आकस्मिक स्थितिहरूको व्यवस्थापन कला, सीआरएम (क्रू रिसोर्स म्यानेजमेन्ट) र एसओपी (स्टयण्डर्ड अपरेटिङ प्रोसेड्युअर) लगायत सैद्धान्तिक पाटोहरू सिकाइन्छ ।

यस्तो प्रशिक्षणमा क्याबिन क्रूलाई कार्यक्षेत्रमा उत्रिएपछि वास्तविक जीवनमा भोग्नुपर्ने परिस्थितिबारे अवगत गराइन्छ । उदाहरणका लागि आगलागीदेखि उडानकै दौरान आउन सक्ने ‘मेडिकल इमर्जेन्सी’ सम्म । आकस्मिक चिकित्सा र आपत्कालीन अवतरण जस्ता परिदृश्यहरूमा व्यवहारिक अभ्यास गराइन्छ । वास्तविक जीवनमा भोग्नुपर्ने सम्भावित परिस्थितिहरूको बिम्ब उतारेर त्यस्तो परिस्थितिलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा सिकाइन्छ ।

यस प्रकारका ‘ह्याण्ड–अन’ ‘मक अप’ लगायत अभ्यासमा आधारित ज्ञान तथा सीप दिइन्छ । यस्ता तालिमहरूले पाइलट तथा क्याबिन क्रू सदस्यहरूलाई केवल जोखिमपूर्ण हालतमा कुन प्रकारको प्रतिक्रिया दिने भनेर मात्रै सिकाउँदैन, संयमित भएर समस्याको निराकरण गर्नमा नेतृत्व लिन पनि सक्षम पार्छ ।

पाइलट: नेतृत्व र शान्तिको संयोजन

बुद्ध एयरमा पाइलट बनेर विमानको ककपिटमा पाइला राख्नु अघि कडा छनोट प्रक्रिया पार गर्नुपर्छ । व्यक्तिको चयन हुनु त केवल शुरुआतमात्रै हो । त्यसपछि मात्र सुरु हुन्छ, प्राविधिक प्रशिक्षणको असली अध्याय ।

टाइप–रेटिङ तालिमपछि उनीहरूलाई अनुभवी कप्तानहरूको प्रत्यक्ष सुपरिवेक्षणमा तालिम दिइन्छ । प्रत्येक उडान लग गरिन्छ, त्यसको समीक्षा हुन्छ र मूल्याङ्कन गरिन्छ । यो एक ‘मेन्टरशिप’मा आधारित सिकाइ प्रणाली हो, जसले कर्मचारीलाई उत्तरदायी बनाउन एवम् निरन्तर सिकाइको गहिरो संस्कार विकास गर्नमा भूमिका खेल्छ ।

विमान सेवाका लागि सुरक्षा सबैभन्दा महत्त्वपूर्ण पाटो हो । त्यसैले पाइलटलाई नियमित रूपमा सिम्युलेटर (प्रशिक्षणका लागि बनाइएको ककपिट)मा अभ्यास गराउने प्रक्रिया निरन्तर हुन्छ ।

त्यस्तै, यान्त्रिक विफलता तथा प्रतिकूल मौसममा उडानको रणनीति सिकाइन्छ । जुन असहज मौसम, इन्जिन फेलियर, वा सञ्चार विफलता जस्ता जोखिमसँग जुध्ने पूर्व तयारी हो । आपतकालीन अवतरण अभ्यास पनि निरन्तर गराउने प्रक्रियाकै एक हिस्सा रहेको छ ।

क्याबिन क्रूः सेवाका साथै सुरक्षा

क्याबिन क्रू अर्थात् एयर होस्टेसको भूमिका अक्सर आतिथ्य सेवासँग जोडिन्छ । तर बुद्ध एयरमा उनीहरू सुरक्षाका संवाहक पनि हुन् । यात्रुको सेवा मात्रै नभएर उनीहरूको जीवन र सुरक्षासँग समेत यी क्रूहरू प्रत्यक्ष रूपमा जोडिएका छन् ।

नयाँ क्याबिन क्रूहरूको भर्ना हुनासाथ सर्वप्रथम उनीहरूलाई गहन आधारभूत तालिम कार्यक्रम (इन्टेन्सिभ ग्राउन्ड स्कुल प्रोग्राम)मा सहभागी गराइन्छ । त्यहाँ उनीहरूले प्राथमिक उपचार (फस्र्ट एड) को प्रमाणीकरण, आपतकालीन अवस्थाबाट यात्रु उद्धार अभ्यास, आगलागी नियन्त्रण र सङ्कट व्यवस्थापन जस्ता अत्यावश्यक सीप सिकाइन्छ।

यस्तो तालिम केवल प्राविधिक सिकाइमा सीमित छैन । बुद्ध एयरका क्याबिन क्रू सदस्यहरूलाई सांस्कृतिक संवेदनशीलता, यात्रुको मनोविज्ञान एवम् प्रभावकारी सञ्चारका शैलीहरूमा पारंगद पार्न विशेष प्रशिक्षण दिइन्छ । ताकी, विमानमा चाहे पहिलो पल्ट उडिरहेका यात्रु हुन् वा बारम्बार यात्रा गर्नेहरू हुन्, सबैले सुरक्षित महसुस गर्न सकुन् । सुरक्षित छु भन्ने देख्न सकुन् र आफ्नो हेरचाह भइरहेको छ भन्ने पनि महसुस गर्न सकुन् ।

सेवा र सुरक्षा दुवैको उत्कृष्ट तालमेलमार्फत बुद्ध एयरले आफ्ना यात्रुहरूलाई सधैँभरि सुरक्षित र सन्तुष्ट बनाउने प्रयास जारी राखेको कम्पनीले दाबी गरेको छ ।

असाधारण उडानको अनवरत अभ्यास

बुद्ध एयरमा उडान तथा क्याबिन क्रूका लागि नियमित पुनः तालिम अनिवार्य छ । हरेक ६ महिनामा उनीहरू तालिम केन्द्रमा फर्किन्छन् । यसले कर्मचारीलाई नयाँ ज्ञान, सीप सिक्न वा आफूलाई निखार्न सजिलो पर्छ । त्यस्तै विगतका राम्रा–नराम्रा अनुभवलाई मूल्याङ्कन गर्ने र व्यवहारिक अभ्यासमा सहभागी हुन्छन् ।

यसमा सिपिआर (कार्डियोपल्मोनरी रिजसिटेशन) पुनः प्रमाणीकरण र आगलागी नियन्त्रण अभ्यासका साथै नेपाल नागरिक उड्डयन प्राधिकरण एवम् अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नयाँ प्रक्रिया र नियमहरूको अद्यावधिक ज्ञान एवम् सीप समावेश गरिन्छ । ‘फ्लिट’मा हरेक नयाँ विमान थपिँदा वा प्रक्रिया परिवर्तन हुँदा त्यसै अनुसारको विशेष तालिम मोड्युल तुरुन्तै तयार गरिन्छ । जसले सबै अपरेसनमा स्थायित्व र गुणस्तरको एकरूपता कायम राख्छ ।

यस प्रकारको अनुकूल शैली र निरन्तर सुधार जारी राख्ने संस्कारकै कारण बुद्ध एयर घरेलु उड्डयन क्षेत्रमा ‘गोल्ड स्ट्यान्डर्ड’ को रूपमा स्थापित रहन सफल भएको छ ।

आकाशमा झल्किएको श्रेष्ठता

बुद्ध एयरको कठोर एवम् अनवरत प्रशिक्षणको परिणाम हरेक उडानमा प्रस्ट देखिन्छ । नियमित उडानको व्यवस्थित सञ्चालनदेखि लिएर आकस्मिक अवस्थाको संयमित व्यवस्थापनसम्म बुद्धले उत्कृष्टता हासिल गरेको छ ।

यसले कर्मचारीलाई जस्तोसुकै परिस्थितिलाई पकडमा लिन सक्षम पारेको छ । शान्तिपूर्ण प्रतिक्रिया, क्याबिन क्रूको आत्मीय व्यवहार र सम्पूर्ण फ्लाइट क्रूको संयोजनले यात्रुहरूमा विश्वासका साथै सन्तुष्टि जगाउँछ ।

बुद्ध एयरका लागि तालिम केवल मापदण्ड पुरा गर्ने औजार होइन, नयाँ मानक स्थापित गर्नु हो । प्रत्येक सुरक्षित अवतरण, प्रत्येक आत्मीय स्वागत र प्रत्येक सहज उडानको पछाडि हुने एक तयारी टोली, जसले बारम्बार अभ्यास गरेर उत्कृष्टता सुनिश्चित गरेको छ ।

त्यसैले यो हो– ‘फ्लाइट डेकमा रहेको निश्चिन्त आत्मविश्वास, नर्भस यात्रुलाई सान्त्वना दिने क्याबिन क्रूको संवेदनशील सहयोग, अनुशासन र समन्वयको त्यो मौन तर प्रभावशाली उपस्थिति ।’ जुन यात्रुले सधैँ देख्दैनन्, तर महसुस अवश्य गर्छन्।

एड्भोटोरियल


प्रतिक्रिया दिनुहोस्