बिलेटदेखि रडसम्म: ‘लक्ष्मी स्टील्स’को व्यापारमा तीव्रता, साढे ३ अर्बको कर्जाका लागि रेटिङ « Arthapath.com
१७ असार २०८२, मंगलबार

बिलेटदेखि रडसम्म: ‘लक्ष्मी स्टील्स’को व्यापारमा तीव्रता, साढे ३ अर्बको कर्जाका लागि रेटिङ



काठमाडौं । नेपालको प्रमुख स्टील्स कम्पनी ‘लक्ष्मी स्टील्स’ लिमिटेडले ९ महिनामै पौने सात अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष सन् २०२५ को ९ महिनामा ६ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ देखि २०२५ को ९ महिनामा आइपुग्दा ३२ अर्ब ८५ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । गत वर्ष सन् २०२४ मा कुल ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यस्तै, अघिल्लो वर्ष सन् २०२३ मा भने ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा कुल ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

हाल कम्पनीले ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स रेटिङका अनुसार कम्पनीलाई ‘त्रिपल बी’ माइनस रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको वित्तीय दायित्व समयमा चुक्ता गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको मानिन्छ । यसले कम्पनीको क्रेडिट जोखिम मध्यम रहेको संकेत गर्दछ ।

कम्पनीले दीर्घकालिन १८ करोड ९० लाख र अल्पकालीन ३ अर्ब ७७ करोड रुपैयाँका लागि रेटिङ गराएको हो । अल्पकालिन कर्जाका लागि इन्फोमेरिक्सले ‘एथ्रि’ प्रदान गरेको छ । यो रेटिङ कम्पनीको वित्तीय स्थितिमा आएको स्थायित्व, समयमै दायित्व चुक्ता गर्ने क्षमतामा देखिएको केही सुधार तथा व्यवस्थापन पक्षको मजबूतीले सम्भव भएको उल्लेख छ ।

कम्पनीको आम्दानीमा केही गिरावट आएपनि वित्तीय प्रदर्शन भने तुलनात्मक रुपमा स्थिर हरेको छ ।

लक्स्मी स्टील लिमिटेड सौरभ समूहको एक सदस्य कम्पनी हो । यो कम्पनी सन् २००८ अगस्टमा स्थापना भएको थियो । पछि जुलाई २०२२ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो ।

कम्पनीको मुख्य उत्पादन गृह नवलपरासीको सुनवलमा रहेको छ, जहाँ बिलेट, टीएमटी स्टील बार र तारहरू उत्पादन गरिन्छ । यसको वार्षिक कुल उत्पादन क्षमता टीएमटी रडका लागि १ लाख ५० हजार मेट्रिक टन र बिलेटका लागि १ लाख ८० हजार मेट्रिक टन रहेको छ ।

कम्पनीको वित्तीय संरचनामा इक्विटी लगानीकर्ता र सेयरधारकबाट गरिएको ठूलो पूँजी थपले सुधार ल्याएको छ । गत वर्ष सन् २०२४ मा मा ऋण भार घटेर गियरिङ अनुपात ०.७७ गुणा पुगेको छ भने ब्याज भुक्तानी क्षमता समेत बढेको छ ।

लक्स्मी स्टील सौरभ समूहको हिस्सा भएकाले समूहको अनुभव र बजार पहुँचबाट पनि फाइदा लिइरहेको छ । कम्पनीले आफ्नो कच्चा पदार्थ उपलब्धताका लागि इन–हाउस बिलेट उत्पादन शुरु गरेको छ, जसले उत्पादन लागत घटाउन मद्दत गरेको छ ।

उद्योगमा प्रतिस्पर्धा बढ्दै गएको र निर्माण क्षेत्रको माग चक्रवातिक हुँदा कम्पनीले केही चुनौतीहरू सामना गरिरहेको छ । साथै, नेपाल सरकारले आयातमा लगाउने शुल्कमा हुने कुनै पनि परिवर्तन कम्पनीको नाफा प्रभावित बनाउन सक्ने इन्फोमेरिक्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्