हकप्रद सेयर ल्याउँदै युनाईटेड इदी मर्दी, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
१ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाइ बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
त्यसका लागि गत बुधबार (साउन १४ गते) द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा युनाईटेड इदी मर्दीका तर्फबाट प्रबन्ध निर्देशक रोशन के.सी. र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन् ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहको छ । हकप्रद जारी गरेपछि चुक्ता ९२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।
कास्की पोखरामा रजिष्टर्ड कार्यालय र कुपण्डोल, ललितपुरमा सम्पर्क कार्यालय रहेको यस कम्पनीद्वारा प्रर्बद्घित मर्दीखोला जलविद्युत आयोजना (७ मेगावाट) को आयोजनास्थल कास्की जिल्लाको माछापुच्छे« गाउँ पालिका–८ र ९ मा रहेको छ ।
कम्पनीले उक्त आयोजनाबाट २०७६ साल आश्विनदेखि व्यवसायिक रुपमा उत्पादन शुरु गरी आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ । साथै, यस कम्पनीले हकप्रद सेयर जारी गरी सो बाट प्राप्त रकमलाई अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना समेत बनाएको छ ।



















