एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको प्रथम साधारण सभा सम्पन्न, अध्यक्ष्मा खतिवडा निर्वाचित « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको प्रथम साधारण सभा सम्पन्न, अध्यक्ष्मा खतिवडा निर्वाचित



काठमाडौं। एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको उन्नति र व्यावसायिक सुशासनका लागि भन्ने मूल नाराका साथ ललितपुरको प्रिमियर इन्टरनेसनल स्कूलमा शनिबार भएको सभाले आगामी कार्यकालको लागि नयाँ कार्यसमितिसमेत निर्वाचित गरेको छ ।

सभाबाट अध्यक्षमा कुमार प्रसाद खतिवडा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा हरिन्द्र राज घिमिरे, महासचिवमा केशव राज लम्साल, सचिवमा भुमीराज आचार्य, कोषाध्यक्षमा ज्ञान कृष्ण श्रेष्ठ, सह कोषाध्यक्ष्माा शर्मिला मुनिकार निर्वाचित भएका छन्।
सदस्यहरुमा सानुबाबु न्यौपाने, राधाकृष्ण भण्डारी, ममता आचार्य, सुनिल रिजाल, दुर्गा देवी डंगोल, रामचन्द्र रुपाखेती, सुजता क्षेत्री निर्वाचित भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ ।

सभालाई सम्बोेधन गर्दै नवनिर्वाचित अध्यक्ष कुमार प्रसाद खतिवडाले द्रुत रूपमा विकसित भइरहेको नेपालको अर्थतन्त्रमा सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको भूमिका महत्वपूर्ण रहेको औल्याए । यसले परम्परागत लेखा र रणनीतिक नेतृत्वबीचको खाडल पुर्दै लागत कटौती, जोखिम व्यवस्थापन र व्यावसायिक वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । आर्थिक समृद्धिको लागि बैधानिक लागत लेखापरीक्षणको कानून तयारगरि नियामक संस्था स्थापना आवश्यक भएको बताए । यसका लागि कानूनी र प्रक्रियागत कामहरु धेरै अघि बढीसकेको जानकारी उनले दिए ।

संस्थाको सांगठनिक सुदृढीकरण र व्यावसायिक मर्यादालाई अझ उचाइमा पु¥याउने उद्देश्यले आयोजित यस साधारण सभाले संस्थाको आगामी कार्यदिशा तथा व्यावसायिक सुशासनका विषयमा महत्वपूर्ण छलफल गरेको संस्थाले जनाएको छ ।

नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन योग्यता भएका दक्ष जनशक्ति अपरिहार्य बनेको बेला संस्थाको भूमिका महत्वपूर्ण हुने संस्थाले विश्वास लिएको छ ।

साथै, सभामा नेपालको बजेट निर्माण गर्न, पब्लिक कम्पनिका कामहरु, सार्वजानिक सरोकारका लागत निर्धारण गर्ने लगायत अति महत्वपूर्ण लागत लेखापरिक्षण ऐन समेतको महत्व बारे प्रकाश पारिएको थियो ।

उक्त साधारण सभामा संस्थाका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू तथा सरोकारवालाहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्