आयल निगमले माग्यो ४८ जना कर्मचारी ( विज्ञापन सहित हेर्नुहोस) « Arthapath.com
१० माघ २०७६, शुक्रबार

आयल निगमले माग्यो ४८ जना कर्मचारी ( विज्ञापन सहित हेर्नुहोस)



काठमाडौं । नेपाल आयल निगमले एकैपटक ४८ जना कर्मचारी माग गरेको छ । निगमले शुक्रबार सूचना प्रकाशित गरि विभिन्न पदमा ४८ जना कर्मचारी माग गरेको हो ।
निगमले प्रवन्धक देखि सहायकसम्म २२ पदमा ४८ जना कर्मचारी माग गरेको हो । तोकिएको शैक्षिक योग्यता भएकाले लोकसेवा आयोग मार्फत निगममा रोजगारीको अवसर पाउनेछन ।
सूचना अनुसार आजको मितिदेखी २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनसक्ने सूचनामा जनाइएको छ । दरखास्त बापत सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्