धितोपत्र बोर्डले माग्यो १५ कर्मचारी, आवेदन मिति चैत्र १३ गतेसम्म « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

धितोपत्र बोर्डले माग्यो १५ कर्मचारी, आवेदन मिति चैत्र १३ गतेसम्म



काठमाडौं । पुँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डले १५ जना कर्मचारी मागेको छ । बोर्डले शुक्रबार सहायकदेखि निर्देशकसम्म कर्मचारी माग गरेको हो ।

बोर्डले ३ जना निर्देशकमा २ जना खुला र एक जना महिला माग गरेको छ । त्यस्तै चार्टर्ड एकाउन्टेन्ट एक जना निर्देशक मागेको हो । त्यस्तै ५ जना सहायक निर्देशक मध्ये १ जना चार्टर्ड एकाउन्टेन्ड मागेको हो । बोर्डले बरिष्ठ सहायकमा खुलाबाट एक र महिलाबाट एक जना मागेको छ । यसैगरी खुलाबाट तीन जना र दलितबाट एक जना सहायक पदमा नियुक्त गर्ने भएको छ । ८च्छुक योग्याता पुगेका आवेदकले आगामी चैत्र १३ गतेसम्म निवेदन दिन सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्