बागमती प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी, योग्यता कति ? « Arthapath.com
८ मंसिर २०७७, सोमबार

बागमती प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी, योग्यता कति ?



बागमती प्रदेशले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज गोरखापत्रमा सूचना प्रकाशन गरि जानकारी गराइएको हो ।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा, आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा र खुला तथा समावेशीतात्मक लिखित परीक्षाबाट ४६९ जना कर्मचारी भर्नाका लागि प्रदेश लोक सेवा आयोग वागमती प्रदेश, हेटौँडाले विज्ञापन गरेको छ ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा ३६ जना र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा ३६ जना गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूति गरिने आयोगले जनाएको छ । पूरा खुलातर्फ २४९ जनासहित खुलातर्फ ३८८ जना कमचारीको लागि विज्ञापन गरिएको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले समावेशीताका आधारमा महिला ६९ जना, आदिवासी जनजाति ४० जना, सधेशी २१ जना, दलित सात जना र अपाङ्गता भएका दुई जना चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन गरिएको बताउनुभयो ।

यस्तै, सामान्य प्रशासनतर्फ ९० जना र लेखातर्फ पाँच जना कर्मचारीका विज्ञापन गरिएको आयोगले जनाएको छ ।
प्रदेशभरका ४४ वटा स्थानीय तहमा ४४७ जना तथा बागमती प्रदेशको प्रदेशको सामाजिक विकास मन्त्रालयले २१ जना र भौतिक पूर्वाधार विकास मन्त्रालयलय एक जना कर्मचारी माग गरी फाराम आयोगमा पठाएको आधारमा विज्ञापन गरिएको हो ।

आबेदन फाराम भर्न मंसिर ८ देखि मंसिर २८ गतेसम्म मात्रै रहेको छ । फाराम बुझाउनका लागि बागमती प्रदेशका जिल्ला रसुवा, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, धादिङ, चितवन, सिन्धुपाल्चोक र काभ्रेपलान्चोकको घरेलु तथा साना उध्योग कार्यालय, काठमाडौं उपत्यकाको हकमा प्रदेश सुशासन केन्द्र जावलाखेल र मकवानपुर जिल्लाको हकमा प्रदेश लोकसेवा कार्यालय हेटौंडामा बुझाउनु पर्ने रहेको छ ।

  • परिक्षा केन्द्रः बागमती प्रदेश,हेटौंडा ।
  • शैक्षिक योग्यताः एसएलसी पास वा एसइइ सि ग्रेडमा पास
  • उमेरः १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको ।
  • दस्तुरः खुलाको लागि रु ६०० र थप समाबेशी समुहको लागी प्रती समूह रु २००
  • परिक्षा मितिः प्रथम पत्रः २०७७ पुस २५ गते दिउँसो १ बजे
  • द्वितीय पत्रः प्रारम्भिक चरणको नतिजा प्रकाशन गर्दा द्वितीय चरणको परिक्षा मिति प्रकाशन गरिने ।
  • तलब स्केलः प्रचलित कानुन बमोजिम रु २६,६१० (खरिदारको स्केल बराबर)


प्रतिक्रिया दिनुहोस्