एनआईसी एशियामा ठूलो संख्यामा कर्मचारी आवश्यकता, प्लस टूले पनि आवेदन दिन पाउने

काठमाडौं । एनआईसी एशिया लघुवित्तले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले आइतबार विञापन जारी विभिन्न ९ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले विभागिय प्रमुख (कर्जा तथा व्यवसाय, जोखिम व्यवस्थापन, वित्त तथा लेखा, मानव संशाधन, सामान्य प्रशासन, केन्द्रिय संचालन, कानुन तथा अनुपालन र आन्तरिक लेखापरीक्षण) विभाग पदमा नायव प्रबन्धक, वरिष्ठ प्रबन्धक र सहायक प्रबन्धक मागेको हो ।
त्यस्तै, उपप्रदेश प्रमुख (अधिकृत तथा वरिष्ठ अधिकृत) पदका लागि केही संख्या, प्रदेश असुली प्रमुख (अधिकृत वरिष्ठ अधिकृत) पदका लागि केही, प्रदेश अनुगमन अधिकृत (अधिकृत तथा वरिष्ठ अधिकृत) पदका लागि केही, डाटा बेस एडेमिनिस्ट्रेसन तथा एमआइएस डेभलपर (सहायक, सुपरभाइजर, कनिष्ठ अधिकृत र वरिष्ठ अधिकृत) पदका लागि केही संख्यामा कर्मचारी मागेको हो ।
यता लघुवित्तले आइटि अफिसर कोर बैंकिङ्ग सिस्टम (सुपरभाइजर, कनिष्ठ अधिकृत तथा वरिष्ठ अधिकृत) पदका लागि केही, शाखा प्रबन्धक (वरिष्ठ अधिकृत र सुपरभाइजर) पदका लागि केही, कनिष्ठ सहायक पदका लागि केही र प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कमर्चारी मागेको हो ।
लघुवित्तको उक्त पदका लागि आवेदन दिन चाहेका इच्छुकले चैत ६ गतेसम्म आवेदन दिनसक्नेछन् । आवेदन दिनको लागि https://www.nicasialaghubitta.com/careers मा गएर दिन सकिन्छ ।
