शाखा प्रबन्धक र सहायक पदका लागि कर्मचारी आवश्यकता « Arthapath.com
२२ चैत्र २०७८, मंगलवार

शाखा प्रबन्धक र सहायक पदका लागि कर्मचारी आवश्यकता



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागरेको छ । फाइनान्स कम्पनीले शाखा प्रबन्धक पदका १ जना र सहायक पदका लागि ५ देखि १० जना कर्मचारी आवश्यक रहेको जनाएको छ ।

फाइनान्सले कम्पनीले प्रबन्धक पदका लागि व्यवस्थापनमा स्नातक तह उतीर्ण गरेको र बैंकिङ्ग, सहकारी वा बीमामा कम्तिमा ३ बर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

त्यस्तै, सहायक पदका लागि व्यवस्थापनमा स्नातक तह उतीर्ण गरेको हुनुपर्ने छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदन दिन फाइनान्सको https://manjushreefinance.com.np/career मा गएर फाराम भर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्