एनआइसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठूलो पदमा कर्मचारी मागेको हो ।
लघुवित्तले कनिष्ठ अधिकृत/अधिकृत/बरिष्ठ अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग) मा ५ जना, सुपरभाइजर/बरिष्ठ सहायक (शाखा प्रमुख) मा १० जना, सहायकमा १० जना र कनिष्ठ सहायकमा १५ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह उत्तिर्ण तथा स्नातक उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन २१ गते) ले १५ दिन भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
