मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको हो ।

कम्पनीले विभागीय प्रमुख (सहायक प्रबन्धक देखि बरिष्ठ प्रबन्धकसम्म), शाखा प्रबन्धक (सहायक देखि सुपरिवेक्षकसम्म), कनिष्ठ सहायक, सूचना प्रविधि सहायक र सूचना संचार सहायक (करार) मा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तिर्णदेखि स्नातक उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी मागेका छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत १६ गते भित्र कम्पनीको बेवसाइट https://www.meromicrofinance.com/ मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्