समृद्धि फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेका छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जना, ब्रान्च म्यानेजरका लागि १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्टमा ५ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख १० गते भित्र कम्पनीको इमेल तथा बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
