अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका स्थाई लागि ठूलो संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले कनिष्ठ अधिकृत । अधिकृत । बरिष्ठ अधिकृत (लेखा, वित्त तथा योजना विभाग) का लागि एक जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता ब्यवस्थापनमा स्नातक तहको परिक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ ।
साथै, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थीमा केहि संख्यामा कर्मचारी मागेको छ । उक्त पदका लागि शैक्षिक योग्यता एसएलसी उत्तिर्णदेखि प्लस टू उत्तिर्ण गरेको र अन्य बैक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ ।
तलब भत्ता कम्पनीको नियम अनुसार हुने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ७ गते) ले १५ दिन भित्र कम्पनीको इमेल तथा संस्थाको केन्द्रिय कार्यालय पनौतीमा आवेदन दिन सकिनेछ ।
