रोजगारीको खोजिमा हुनुहुन्छ ? स्वाभिमान लघुवित्तले माग्यो कर्मचारी « Arthapath.com
३१ जेष्ठ २०८०, बुधबार

रोजगारीको खोजिमा हुनुहुन्छ ? स्वाभिमान लघुवित्तले माग्यो कर्मचारी



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २ जना र सहायकमा ५ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको देखि स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ११ गतेसम्म कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्