गणपति लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना प्रविधि विभागमा केहि संख्यामा कर्मचारी मागेको हो ।
उक्त पदका लागि सम्बन्धीत विषयमा स्नातक तह उत्तिर्ण गरेको अथवा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी कम्तीमा १ वर्ष कार्य अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज ९ गते भित्र कम्पनीको इमेल तथा बेवसाइट वा संस्थाका कार्यलय मार्फत आवेदन दिन सकिनेछ ।
