नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर « Arthapath.com
२७ भाद्र २०८०, बुधबार

नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दार्जुलाका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कार्यालय प्रमुख (बरिष्ठ सहायक/कनिष्ठ अधिकृत) पदका लागि कर्मचारी मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता कम्पनीमा कृषि विषयमा स्नातक गरेको, दुईपाँग्रे सवारीचालक अनुमति पत्र भएको हुनु पर्नेछ । साथै, सम्बन्धीत काममा अनुभव भएकालाई प्राथमिकता दिनेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २७ गते) ले १५ दिन भित्र कम्पनीको मानव स्रोत तथा ब्यवस्थापन सेवा विभाग प्रधान कार्यालय काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्