हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले कर्णाली प्रदेश प्रमुखका लागि १ जना र एक्सटेन्सन काउन्टर रिप्रिजेन्टिभसका लागि केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ९ गते) ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
