एनएमबि लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति चाहिन्छ ? « Arthapath.com
३ पुष २०८०, मंगलवार

एनएमबि लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति चाहिन्छ ?



काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २७ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले सहायक प्रशिक्षार्थीमा कोशी प्रदेशबाट ३ जना, बाग्मती प्रदेशबाट १२ जना, गण्डकी प्रदेशबाट १० जना, लुम्बिनी र कर्णाली प्रदेशबाट १ १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह (२) वा सो सरहको उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी पुष १७ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्