आईएलओका निर्देशकलाई श्रममन्त्रीले के भने ? « Arthapath.com
५ चैत्र २०८०, सोमबार

आईएलओका निर्देशकलाई श्रममन्त्रीले के भने ?



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानसँग शिष्टाचार भेट गरेका छन् ।

उक्त अवसरमा हालै केन्द्रीय श्रम सल्लाहकार परिषद्बाट स्वीकृत भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धी तथा प्रोटोकलहरुलाई अनुमोदन गर्ने सम्बन्धी कार्ययोजना, गन्तव्य मुलुकहरुसँगका द्विपक्षीय श्रम आप्रवासन सम्झौता, अन्तर्राष्ट्रिय श्रम संगठनमा गर्नुपर्ने नियमित र आवधिक प्रतिवेदन लगायतका विषयमा भएको प्रगति उपर छलफल भएको छ ।

श्रम क्षेत्रको औपचारिकीकरणका लागि कार्यान्वयन भैरहेको औपचारिकीकरणसम्बन्धी कार्ययोजना, रोजगार सेवा केन्द्रहरुको सुदृढीकरण, बाध्यकारी श्रम तथा ‘बाल श्रम मुक्त स्थानीय तह’ घोपणा सम्बन्धी विषयमा पनि छलफल भएको मन्त्रालयले प्रेश विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।

सोमबार भएको भेटमा निर्देशक ओज्कानले नवनियुक्त मन्त्री अर्याललाई बधाई दिएका थिए । उनले ‘सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी’मा नेपालको सहभागिताको विषयमा चासो व्यक्त गरे ।

भेटमा आसन्न अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा नेपालको सहभागितालाई सार्थक तुल्याउने विषयमा समेत छलफल भयो। गन्तव्य मुलुकमा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र आयमूलक वनाउने सम्बन्धमा सहकार्य गर्ने प्रतिवद्धता दुवै पक्षवाट व्यक्त भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्