प्रभु महालक्ष्मी लाइफमा जागिर खाने अवसर, नजिकियो आवेदन दिने अन्तिम मिति
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले शाखा प्रमुख र मार्केटिङ्गका लागि केही कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार सातै वटा प्रदेशका विभिन्न शाखा तथा उपशाखाहरुको कार्यालयका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदपका लागि कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्नुपर्ने जिम्मेवारी हुने छ ।
अभिकर्ता उत्पादन तथा परिचालन गर्नुपर्ने र व्यवसाय विस्तारमा योगदान तथा शाखा व्यवस्थापनमा दक्ष हुनुपर्ने छ । उक्त पदका लागि शैक्षिक योग्यतामा भने न्युनतम स्नातक तह वा सो सरहको हुनुपर्ने कम्पनीले जनाएको छ।
यस्तै, मार्केटिङ कर्मचारी पनि केही संख्यामा माग गरेको छ । उक्त पदका लागि न्युनतम प्लस टु वा सो सरह हुनुपर्ने छ । सातै वटा प्रदेशको शाखा तथा उपशाखाहरुका लागि कर्मचारी माग गरेको हो । शाखा प्रमुखसँगको समन्वयमा व्यवसायिक लक्ष्य हासिल गनुपर्ने, व्यवसाय विस्तारमा शाखा प्रमुखलाइए सहयोगि भूमिकना निर्वाह गर्नुपर्ने र नियमित कार्यालय संचालन गर्नुपर्ने लगायतका जिम्मेवारी तोकिएको छ।
उक्त दुई वटै पदका लागि इच्छुक योग्य उम्मेदवारहरुले आगामी शुक्रबार (साउन ३२ गते) भित्र आवेदन दिन सक्नेछन् ।आफ्नो अनुभवपत्र , नागरिकता, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपिसहित काम गर्न पायक पर्ने शाखा तथा उपशाखा खुलाई निवेदन पेश गर्न सक्नेछन् । आवेदन [email protected] मा पठाउन सकिनेछ ।