राष्ट्र बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, क–कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको हो ।
एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंकले सहायक निर्देशकमा ३४ जना सहायकमा १३ जना कर्मचारी माग गरेको हो । यस्तै, सहायक (सूचना प्रविधि) मा ५ जना कर्मचारी माग गरेको छ ।
सहायक निर्देशक पदमा मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विजषयमा स्नातकोत्तर तह र सहायक पदको लागि प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परिक्षा उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।
यस्तै, सहायक (सूचना प्रविधि) मा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्पुटर इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
उक्त पदहरुमा इच्छुक योग्य उमेदवारहरुले आजैका मिति साउन ३२ गतेदेखि विद्युतिय माध्यमबाट आवेदन पेश गर्न सकिने छ । आवेदन आगमी भदौ २० गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ।
विस्तृतका लागि हेर्नुहोस्, सूचना
external-vacancy-2081