नेपाल वायुसेवा निगममा खुल्यो जागिर, विभिन्न पदका लागि ४४ जना कर्मचारी माग

काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि कर्मचार माग गरेको छ । कम्पनीले ४४ जना कर्मचारी माग गरेको हो । प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करार सेवाका लागि कर्मचारी माग गरेको छ ।
सूचना अनसार वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटर पदमा २० जना कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन आगामी असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । परीक्षा दस्तुर भने तह अनुसार फरक फरक तोकिएको छ । सूचना अनुसार पाँच र चार तहको लागि ५०० रूपैयाँ र तीन तहका लागि ४०० रूपैयाँ तोकिएको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना
