प्रधानमन्त्रीले गरे बहुचर्चित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास « Arthapath.com
४ कार्तिक २०७६, सोमबार

प्रधानमन्त्रीले गरे बहुचर्चित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंको नागढुङ्गा– सिस्नेखोला सुरुङमार्गको सिलान्यास गरेका छन । प्रधानमन्त्री ओलीले आज चन्द्रागिरी नगरपालिका १ टोटेपाखामा आयोजित एक समारोहका विच सुरुङमार्गको सिलान्यास गर्नुभएको हो ।

जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण शुरु भएको हो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र बाँकी नेपाल सरकारले लगानी गर्ने बताइएको छ ।
राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे नागढुंगा सडक खण्डमा बढ्दै गएको सवारी चापलाई ध्यानमा राखी नागढुंगा सिक्रेखोला सुरुङ मार्ग निर्माण हुन लागेको हो ।

मुलुकको पहिलो सडक सुरुङमार्गको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार दिउँसो ३ वजे शिलान्यास गर्ने कार्यक्रम रहेको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिनुभयो ।
सुरुङमार्ग निर्माणको जिम्मा पाएको हाज्मा–आन्द्रो जेभीले क्याम्प राख्न जग्गा भाडा लिने र निर्माण सुरु गरिसकेको छ । विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच गत असोज ६ गते सुरुङमार्ग निर्माण सम्बन्धी सम्झौता भएको थियो ।
जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । सम्झौता भएको मितिको ४२ महिना भित्रमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गनुपर्नेछ । आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमि कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्