मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधी एक वर्ष थपिने « Arthapath.com
२१ माघ २०७६, मंगलवार

मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधी एक वर्ष थपिने



काठमाडौं । निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक २०७४ को जेठमा २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर समयमा काम नसकिदा सम्झौता अवधी १ वर्ष थप्ने तयारी भएको हो । मोहनापुल अत्तरिया छ लेन सडक योजना कार्यालयका अनुसार निर्माण व्यवसायीको माग अनुसार आउँदो वर्षको माघ सम्मलाई अवधी थप्ने प्रस्ताव गरी पठाईएको जनाएको छ ।

संघिय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत हुँदै उक्त प्रस्ताव अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको सडक योजना कार्यालयले जनाएको छ । निर्माण व्यवसायीले ६ लेन सडकको पहिलो खण्डका लागि २०७७ मंसिर ६ गते, दोस्रो र तेस्रो खण्डका लागि माघ १५ गते सम्मको समय माग गरेका छन् ।

डेढ वर्षको समय माग गरेको थियो, तर संघिय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले अवधी बढाउनुपर्ने स्पष्ट कारण माग्दै फाईल फिर्ता पठाएको थियो । गत असार १६ मा म्याद थपका लागि लेखी पठाएको फाईल साउनमा फिर्ता आएको थियो । दोस्रो पटक एक वर्षको अवधी माग गर्दै प्रस्ताव पठाएकाल केहि दिनमै स्वीकृत हुने आशा कार्यालयले गरेको छ ।

हाल ६ लेन सडकको ५५ प्रतिशत मात्रै कार्य सम्पन्न भएको योजना कार्यालयले जनाएको छ । एउटा साईडमा छ किलोमिटर मात्रै कालोपत्रेको काम भएको छ भने पुल निर्माणको काम अझै सुरु हुन सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्