सरकारले ५ वटा औधोगिक ग्राम निर्माण गर्ने « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

सरकारले ५ वटा औधोगिक ग्राम निर्माण गर्ने



काठमाडौं । सरकारले सुदूरपश्चिम प्रदेशमा २ वटा, प्रदेश नं. ५ मा १ र गण्डकी प्रदेशमा २ स्थानीय तहमा औद्योगिक ग्राम बनाउने घोषणा गरिएको छ । डोटीको जोटायल गाउँपालिका २, बझाङको तलकोट गाउँपालिका ६, ओखलढुंगाको मोलुङ गाउँपालिका ६, स्याङ्जाको चापाकोट नगरपालिका ९ र स्याङ्जाकै गल्याङ नगरपालिका १ मा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय भएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० स्थानीय तहमा औधोगिक ग्राम बनाउने योजना मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सोमबार बसेको बैठकले ५ वटा स्थानीय तहलाई औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा ७० स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्