धनगढी विमानस्थल वरिपरि भौतिक संरचना निर्माण कार्य रोक्न मन्त्री भट्टराईको निर्देशन « Arthapath.com
२५ माघ २०७६, शनिबार

धनगढी विमानस्थल वरिपरि भौतिक संरचना निर्माण कार्य रोक्न मन्त्री भट्टराईको निर्देशन



काठमाडौं । धनगढी बिमानस्थलको गुरुयोजना निर्माण कार्य अघि बढ्ने भएको छ । लामो समयदेखि बिमानस्थलको स्तरोन्नति बिस्तार मात्रै हुँदै आएको छ । सरकारले बनाएको गुरु योजना कार्यान्वयनमा आउने भएपछि विमानस्थलबाट यस क्षेत्रको बिकासमा टेवा पुग्ने अपेक्षा गरिइको छ ।

सुदूरपश्चिमको मुटुमा रहेको धनगढी बिमानस्थलको विस्तारक लागि लागि मन्त्रालयले २० वर्षे गुरु योजना बनाएको जनाएको छ । यस बिमानस्थलको थप स्तरोन्नति हुने भए पछि यस क्षेत्रको पर्यटनमा पनि टेवा पुग्ने बिश्वास लिईएको छ । ढिलै भए पनि मन्त्रालयले २० वर्षे गुरु योजना ल्याएकाले त्यस क्षेत्रका स्थानियमा खुशी छाएको छ । बिमानस्थल निर्माणका लागि धेरै जग्गा आवश्यकता पर्ने हुँदा अहिले देखी नै जग्गा अतिक्रमण प्रकृयालाई रोक्नुपर्नेे बताईएको छ ।

सुदूरपश्चिमको प्रमुख व्यापारी केन्द्र धनगढी भएकाले बिमानस्थलको थप बिस्तार हुने भए पछि सम्रग प्रदेशको मुहारमा फेरबदल हुने विश्वास गरिएको छ । तर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले हरेक प्रदेशमा तत्कालै एक अन्तराष्ट्रिय बिमानस्थल बनाउने तर सुदूरपश्चिम प्रदेशमा भने २० बर्षको गुरुयोजना गर्नु भन्दा पनि छिटै यसको स्तरोन्ती गर्न आवश्यक रहेको बताईन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूश्चम प्रदेशका स्थानिय तहमहरुले प्रदेशमा रहेका विमानस्थल स्तरोन्नतका लागि सकारात्मक रहेकाले अव छिट्टै सुदूरपश्चिम प्रदेशका जनताले पनि हवाई सेवा पाउने बताए । स्थानिय तहले पनि विमान स्थल वरिपरि रहेको जग्गा अतिक्रमण गर्ने कार्य बन्द गर्न मन्त्री भट्टराईले निर्देश दिए ।

हाल सुदूरपश्चिममा ११ वटा बिमास्थलहरु रहेका छन । तर धनगढी विमानस्थल मात्रै नियमित रुपमा सञ्चालनमा छ । बन्द अवस्थामा रहेका विमानस्थलहरूमा सरकारले छिट्टै उडान गर्ने उनले बताए ।

संघिय सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले धनगढी विमानस्थलको २० वर्षे गुरु योजना सार्वजनिक गरेको हो । काठमाडौँको रियल पाथ इन्जिनीयरिङ कन्सल्टेन्सीले तयार गरेको गुरु योजना अनुसार विमानस्थलको स्तर बृद्धि एवंम क्षेत्रफल विस्तारका लागि मौज्दात ७० बिघा समेत गरी २ सय ९७ बिघा जग्गा आवश्यक पर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्