चालु आर्थिक बर्षमा आन्तरिक विद्युत् जडित क्षमता १ हजार ३ सय ४३ मेगावाट « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

चालु आर्थिक बर्षमा आन्तरिक विद्युत् जडित क्षमता १ हजार ३ सय ४३ मेगावाट



काठमाडौं । ६ महिनामा प्रतिव्यक्ति विद्युत् खपत २२ किलोवाट प्रतिघण्टाले बढेको छ । असारसम्म २ सय ४५ किलोवाट प्रतिघण्टा (युनिट) रहेको प्रतिव्यक्ति विद्युत् खपत २ सय ६७ किलोवाट घण्टा (युनिट) पुगेको जनाएको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा आन्तरिक विद्युत् जडित क्षमता १ हजार २ सय २० मेगावाटबाट १ हजार ३ सय ४३ मेगावाट पुगेको छ । चालु आवमा प्रतिव्यक्ति विद्युत् खपत दर ४२ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा कुल १८१ किलोवाट घण्टा (युनिट) बिजुली खपत बढाउने लक्ष्य राखिएको हो ।

अघिल्लो आव २०७५÷०७६ मा खपत दर ६८ किलोवाट प्रतिघण्टाका दरले बढेको थियो । अघिल्लो वर्ष १ सय ७७ किलोवाट घण्टा मात्र थियो । सरकारले त्यसलाई आगामी साउनसम्म ४२६ किलोवाट घण्टा र्पुयाउने महत्त्वकांक्षी लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्