महाकाली नदिमा निर्मााणधिन ४ लेन पुलको ४० प्रतिशत कार्य सम्पन्न « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

महाकाली नदिमा निर्मााणधिन ४ लेन पुलको ४० प्रतिशत कार्य सम्पन्न



काठमाडौं । महाकाली नदी माथी निर्माण भइरहेको ४ लेन पक्की पुलको निमार्ण कार्यले तीव्रता पाएको छ ।

चालु आर्थिक वर्ष भित्रमा राजमार्ग सम्मको ६ लेनको पहुँच मार्गलाई कालोपत्रे गर्ने उदेश्यले काम तीव्र गतिमा अगाडि बढाईरहेको महाकाली पुल आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्षमा ६५ देखि ७० प्रतिशत सम्म काम गरिसक्ने लक्ष्यका साथ हाल सम्म करिब ४० प्रतिशत काम सम्पन्न भएको दावी गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा काम शुरु गरेको पुल आयोजनाले हाल सम्म ४० प्रतिशत काम सम्पन्न भएकाले कामको गति सन्तोषजनक रहेको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ भदौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरे पश्चात पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले निर्माण सामाग्री जडान पुलको पिल्लर बनाउने र राजमार्ग जोड्ने ६ लेनको सडक निर्माणको कार्य गरिरहेको छ ।

कम्पनिले हाल सम्म १४ वटा पिल्लर निर्माण गरिसकेको छ भने पुलको बिच भागमा ३ वटा पिल्लरमा पुलको निर्माणका लागि स्लाव र स्पान जोड्ने काम भईरहेको छ । तीन अर्व २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएकामा हाल सम्म पुल निर्माणका क्रममा करीब एक अर्ब २० करोड रुपैयाँ सकिएको बताएको छ ।

पुलको हाल सम्म ६० प्रतिशत काम सम्पन्न गर्दा सम्म करीब एक अर्ब २० करोड रुपैयाँ फछर्याट भइसकेको सुचना अधिकारी न्यौपानेले बताए । आयोजनाले आर्थिक वर्ष २०७४/७५ मा साढे ६ करोक बजेट खर्च गरेको छ भने गत आर्थिक वर्ष २०७५/०७६ मा ८२ करोड ५० हजार बजेट खर्च गरेको थियो । सरकारले यस आर्थिक वर्षमा पुलको लागि ९० करोड विनियोजन गरेको थियो ।

यस्तै पुल आयोजनाले पुल आयोजनाको सडकमा पर्ने जग्गा धनीको मुअब्जा वितरणको काम पनि लगभग सकिएको बताएको छ । आयोजनाले मुअब्जा वितरणका लागि करिब १० करोड बजेट छुट्याएका थियो ।


प्रतिक्रिया दिनुहोस्