मध्यपहाडी लोकमार्गमा ४२ अर्ब खर्च हुँदा ८ सय २ किलोमिटर कालोपत्रे « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

मध्यपहाडी लोकमार्गमा ४२ अर्ब खर्च हुँदा ८ सय २ किलोमिटर कालोपत्रे



काठमाडौं । बहुचर्चित मध्यपहाडी लोकमार्गमा ४२ अर्ब खर्च हुँदा ४५ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

वि.स. २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको उक्त सडक आर्थिक वर्ष २०७४/०७५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । कुल १ हजार ८ सय ७९ किलोमिटर सडकमध्ये हालसम्म ८ सय २ किलोमिटरमात्र कालोपत्रे भएको छ ।

अहिले पूर्व–पश्चिम लोकमार्गको काम १ हजार ८ सय ७९ किलोमटिर सडकमा काम भइरहेको छ । जसमा हालसम्म ४२ अर्ब रकम खर्च भइसकेको छ ।

चालु आर्थिक वर्ष २०७६÷०७७ मा यस आयोजनामा १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोजन गरिएको छ । समीक्षा अवधीसम्म २ अर्ब ४८ करोड ६२ लाख खर्च भएको देखिन्छ ।

कुल विनियोजनको ९९ प्रतिशत रकम खर्च भइरहेको विभागले जनाएको छ । यस आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रहेकोमा संशोधित कुल लागत करिब ८४ अर्ब ३३ करोड पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्