बलेवा विमानस्थलको धावनमार्ग काम शुरु « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

बलेवा विमानस्थलको धावनमार्ग काम शुरु



काठमाडौं । बलेवा विमानस्थल शुक्रवारदेखि पक्की धावनमार्ग निर्माणको काम शुरु गरिएको छ । बागलुङ नगरपालिका १४ का अध्यक्ष चक्रबहादुर खत्रीले पक्की धावनमार्ग निर्माणको शिलान्यास गरेका हुन ।

बर्षाैंदेखि रोकिएको बलेवा विमानस्थल दिगो रूपमा संचालनको लागि बाटो खुलेको समेत बताए । गत वर्ष बलेवा विमानस्थल संचालनमा ल्याइएको थियो। तर, उक्त विमानस्थलसम्म पुग्ने सडक र विमानस्थलसमेत कच्ची भएकोले उडान प्रभावित थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको ७ करोड बजेटमा ७ सय मीटर लामो र २३ मीटर चौडा मैदान कालोपत्रे गरिने छ । त्यसका लागि बलेवामा बुल्डोजर पनि पुगेको छ । काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले यो मैदान निर्माण गर्ने जिम्मा पाएको हो ।

७ करोड लागतमा आगामी दशैंसम्ममा काम सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले बताएको छ । २०४९÷०५० सालमा बागलुङ पोखरा राजमार्ग बनेपछि यहाँ जहाज आउन छाडेको थियो ।


प्रतिक्रिया दिनुहोस्