नेपालले सडक सुरक्षा गर्न १ खर्ब आवश्यक « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

नेपालले सडक सुरक्षा गर्न १ खर्ब आवश्यक



काठमाडौं । नेपालले सडक सुरक्षाका लागि आगामी १ दशकमा ८७ करोड ९० लाख रुपैयाँ अर्थात् करिब १ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने विश्व बैंकले जनाएको छ । स्विडेनको राजधानी स्टकहोममा सडक सुरक्षासम्बन्धी तेस्रो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनमा सार्वजनिक ‘दक्षिण एसियामा सडक सुरक्षाः साझा क्षेत्रीय पहलका अवसर’ प्रतिवेदनले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) क्षेत्रमा सडक दुर्घटना धेरै हुनुमा लामो समयदेखि प्रणालीगत, लक्षित र दीगो सडक सुरक्षासम्बन्धी कार्यक्रमले दुर्घटना न्यूनीकरणका लागि औंल्याएको ठाउँमा लगानीको अभाव मुख्य कारण हो ।

सन् २००० देखि नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या उकालो लागेको छ । गत वर्ष २०७५÷०७६ मा प्रतिएक लाख ८.५९ को सडक दुर्घटनामा निधन भएको छ ।

यो प्रतिवेदनले क्षेत्रीय व्यापार करिडोरमा बढी दुर्घटना हुने गरेको र सडक असुरक्षित रहेको निष्कर्ष निकालेको हो। पदयात्रीदेखि जनावर, साइकल यात्री, रिक्सा, मोटरसाइकल, तीनपांग्रे, कार, मिनीबस, बस, मिनी ट्रक, ट्रक, ट्र्याक्टरजस्ता सवारीसाधन साँघुरो लेन, सवारी रोक्ने ठाउँको अभाव र पैदलयात्रु हिड्न मिल्ने सडक पेटीको अभावमा धेरै दुर्घटना हुने गरेका छन् ।

यी व्यापारिक करिडोरमा भएको सडक सुरक्षाको अवस्थाले राष्ट्रिय राजमार्गको सडक सुरक्षाको स्थितिलाई प्रतिबिम्बित गरेको भन्दै विश्व बैंकले हरेक वर्ष औसतमा प्रतिकिलोमिटरको दूरीमा ०.८७ को मृत्यु हुने उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्