हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत समपन्न

काठमाडौं । बैकल्पिक रुपमा रहेको राष्ट्रिय गौरवको योजना हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ ।
सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डस्मिथ (ग्राभेल) तथा ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
चालु आर्थिक वर्षमा ९७ किमी कालोपत्र, ४२ किमी खण्डस्मिथ र पाँच पुल सम्पन्न भएको छ ।
सडकको चौडाइ केन्द्रबाट १५÷१५ मिटर हुनेछ । सरकारले आव २०७९÷८० सम्ममा सडक निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । आयोजनाको संशोधित बजेट रु ६१ अर्ब रहेको छ ।