माथिल्लो तामाकोसी समयमा सक्न कुलमानको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा स्थलगत अनुगमन गरेका छन ।
समयमा काम नहुने र कार्यतालिका अनुसार काम नहुँदा घिसिङ कार्यस्थलमै गएर अनुगमन गरेका हुन । अनुगमन गर्दै घिसिङले समयतालिकाअनुसार काम गर्न निर्देशन दिएका छन । माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्धाण भईरहेको छ ।
घिसिङ यस आयोजनाका अध्यक्ष हुन । अनुगमनका क्रममा आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारहरुले तालिका अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान गरिसकेको छ ।
सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको छ भने अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमश ः १४७ र १७१ मिटर पाइप जडान गर्न बाँकी छ ।
काम गर्दै जाँदा कुनै समस्या नआएमा बैशाखभित्र काम सक्ने लक्ष्य रहेको छ ।