कर भार थप्दै अर्थमन्त्री, पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ विकास कर बढाइने

काठमाडौं । सरकारले अव सर्वसाधारणलाई करभार थपेको छ । सरकारले विकास खर्चभन्दै पेट्रोलियम पदार्थबाट पनि थप कर संकलन गर्न लागेको छ । सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको छ ।
बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाले विकासलाई द्रुत गतिमा लैजान पेट्रोल र डिजेलमा थप करको व्यवस्था गरिएको जानकारी दिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ थप विकास कर लगाउने निर्णय गरेको जानकारी मन्त्री खतिवडाले दिए ।