सांसद विकद्धारा बझाङ विमानस्थलको निरीक्षण, वैशाखमा परीक्षण उडान गरिने « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

सांसद विकद्धारा बझाङ विमानस्थलको निरीक्षण, वैशाखमा परीक्षण उडान गरिने



काठमाडौं । बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्र चैतको अन्तिम साताभित्र सकेर वैशाखमा परीक्षण उडान गरिने भएको छ ।

अहिले विमानस्थलको धावनमार्ग ग्राभेल गर्ने काम सकिएको छ भने नालीको निर्माणको काम पनि सकिएको छ । विमानस्थलको सम्पूर्ण काम सकिएपछि वैशाखमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन कार्यालयका इन्जिनीयर किरण थापाले बताए। विसं २०७५ असारबाट सम्झौता भई कालोपत्र निर्माणको कामको जिम्मा अमर कन्सट्रक्शनले लिएको छ ।

पटकपटक विमानस्थल कालोपत्र गर्नुपर्ने र जहाज नियमित उडान गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा बोल्दै आउनुभएकी सांसद आशाकुमारी विकले आज विमानस्थलको कामको निरीक्षण गरेका छन् । विकसहित प्रजिअ उमेश पाण्डेले विमानस्थलमा भएको कामको अनुगमन गरी निर्माण कम्पनीका प्रतिनिधिहरुलाई छिटोछरितो र गुणस्तर काम गर्न जोड दिए । विमानस्थल सञ्चालन नहुँदा बझाङवासीले दुःख पाएको स्मरण गर्ने सांसद विकले यसका लागि आफूले पटकपटक प्रतिनिधिसभामा बोलेको बताउँदै छिटो निर्माण गर्ने आग्रह गरे ।

छ सय ३० मिटर लम्बाइ रहेको विमानस्थलको र चौडाइ २० मिटर रहेको छ । विसं २०३५ मा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट उडान बन्द भएको हो। विमानस्थल बन्द हँुदा बिरामी र सुत्केरी महिलाले लामो दूरीको यात्रा गर्दा बीचबाटो मै ज्यान गुमाउनु परेको थियो । विमानस्थल कालोपत्र भई काम सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको धनगढीदेखि बझाङ र बझाङदेखि धनगढी उडानका लागि नेपाल वायुसेवा, तारा, समिटलगायत एयरलाइन्ससँग समन्वय भइरहेको पनि सांसद विकले बताए ।


प्रतिक्रिया दिनुहोस्