आकाशे पुल निर्माणका लागि ५ करोड बजेट विनियोजन « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

आकाशे पुल निर्माणका लागि ५ करोड बजेट विनियोजन



काठमाडौं । जनसंख्याको चाप बढि रहेको छ । मानव सागर रहेको काठमाडौंमा थेगि नसक्ने गरि जनसंख्या बढेको छ । काठमाडौं सहरको जनसंख्यामा बृद्धि भएपछि काठमाडौंमा हिड्ड्ल गर्नपनि असहज हुने गरेको छ । यसको सहजताको लागि काठमाडौं महानगरपालिकाले बढि आवत जावत हुने स्थानहरुमा आकाशे पुल निर्माण गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षभित्रै सक्ने गरि बढि चाप हुने स्थान माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा स्थानान्तरण गर्नमिल्ने आकाशे पुलको निर्माण कार्यलाई तिव्रता दिएको छ ।

माईतीघर चोकमा निर्माण भईरहेको आकाशे पुल आगामी चैत महिना अन्य दुई आकाशे पसलको निर्माण कार्य चालु आवमा सक्ने योजना बनाएको छ । माईती घर चोकमा निर्माण भईरहेको पुलको करिव करिव अन्तिम चरणमा रहेको छ भने जयबागेश्वरी र चाबहिल चोकमा पनि निर्माण कार्य शुरु भईसकेको नगरपालिकाले जदावी गरेको छ ।

छोटो समयमा र कम लगानी लाग्ने हुँदा अन्य सात स्थानमा पनि निर्माण गर्ने तयारी रहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका छन । तर कुन ठाउँमा निर्माण गर्ने हो त्यसको पहिचान भने गरिएको छैन । उनले भने माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा पनि स्थानान्तरण गर्न सकिने पुल निर्माण कार्य गर्ने महानगरपालिकाको योजना छ । जसको लागि महानगरले चालू आवमा रु ५ करोड बजेट विनियोजन गरेको छ ।

आवश्यकताका आधारमा यस्ता पुलहरुलाई महानगरले आर्थिक वर्षमै १० स्थानमा सार्न मिल्ने पुल निर्माण गर्ने भनिएपनि हालसम्म तीन ठाउँमा मात्र पुल बन्ने निश्चित भएको उनले जानकारी दिए ।

महानगरभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालू अवस्थामा रहेको छन ।

काठमाडोँ उपत्यकामा नयाँ र पुराना गरी ३० आकाशे पुल छन । हाल महानगरपालिकाले निर्माण गरिरहेको पुलको लागत एउटाको रु एक करोड रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्