त्रिशूलीमा पक्की पुल निर्माणले ७ सय घरपरिवार लाभान्वित हुने « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

त्रिशूलीमा पक्की पुल निर्माणले ७ सय घरपरिवार लाभान्वित हुने



काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको हाकुका बासिन्दा अव यातायातको पहुँचमा पुग्ने भएका छन । त्रिशुली नदिमा पक्की पुल निर्माण हुने भएपछि उनीहरुलाई यातायातको सहजता हुने भएको छ । यातायातको सेवाबाट बञ्चित स्थानियवासी त्रिशूली नदीमा पक्की पुल निर्माणको शिलान्यासले सहजता कायम हुने छ ।

हाकुबेंसी, पाङलिङ, सानोहाकु र ठूलोहाकु क्षेत्रका करिब ७ सय घरपरिवार यातायातको सेवाबाट बञ्चित रहेको थिए । गत बर्ष ११ किलोमिटर मोटर बाटो निर्माण गरिएको भएपनि गाउँपालिकाको बजेटबाट धुन्चे–हाकुबेंसी–त्रिशूली नदीमा मोटरेबल बेलिब्रिजको निर्माण कार्यको शुरु भएको हो ।

स्थानीय सरकार गठन भएपछि मोटरबाटो निर्माणको कामलाई प्राथमिकतामा राखिएको आमाछोदिङ्मो गाउँपालिकाका प्रमुख बुचुङ तामाङले जानकारी दिए । सदरमुकामको नजिक रहे पनि पूर्वाधारको कमी रहेको हाकु क्षेत्रमा नेपाली सेनाले स्याफ्रुबेंसी, मैलुङखण्डको अन्तर्राष्ट्रिय राजमार्गको ट्रयाक खोलेपश्चात् सहज भएको अध्यक्ष तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस्