कोरोनाः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण स्थगित « Arthapath.com
८ चैत्र २०७६, शनिबार

कोरोनाः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण स्थगित



काठमाडौं । विश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाईरसको मारमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला पनि परेको छ । करिव ११ हजारभन्दा धेरेको ज्यान लिने गरि फैलिरहेको र लाखौंमा संक्रण देखा परेको छ । यसको रोकथाम तथा पूर्व तयारीका लागि चितवनमा निर्माण भइरहेको क्रिकेट रङ्गशालाको काम स्थगित गरेको हो । धुर्मुस सुन्तली फाउण्डेसनले रामपुरमा निर्माण गरिरहेको रङ्गशालाको काम अहिलेलाई रोकिएको हो ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि अवस्था सामान्य नहुँदासम्मलाई रङ्गशालाको काम स्थगित गरिएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रङ्गशाला निर्माण भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्