बाढीपहिरोका कारण पाँच सय मेगावाट विद्युत उत्पादन ठप्प बन्द « Arthapath.com
२६ असार २०७७, शुक्रबार

बाढीपहिरोका कारण पाँच सय मेगावाट विद्युत उत्पादन ठप्प बन्द



काठमाडौं। अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीको प्रभाव परी करिब पाँच सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहमा क्रमश करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।


अविरल बर्षा र बाढीको कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको घिसिङले बताए ।


विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत आपूर्तिमा समेत प्रभाव परी गडबढ भएको छ।

बन्द रहेका विद्युत गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली परीचालन गरीएको प्रधिकरणले जनाएको छ ।


‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन।

अविरल बर्ष र बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युत आयोजना आज बिहान ८ बजेबाट बन्द भएको छ ।


प्रतिक्रिया दिनुहोस्