अर्काे बर्षनै प्रतिफल पाईन्छ भने लगानीकर्ताले लिवर्टीको सेयर किन नकिन्ने ? « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

अर्काे बर्षनै प्रतिफल पाईन्छ भने लगानीकर्ताले लिवर्टीको सेयर किन नकिन्ने ?



उत्पादनमा समस्या नहुने भएपछि जलविद्युतको आम्दानीमा पनि फरक पर्दैन र लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिन्छ भन्ने हाम्रो प्रतिवद्धता हो ।

राम पाण्डे, संचालक लिवर्टी इनर्जी कम्पनी लि.

बुधबारदेखी लिवर्टी इनर्जी कम्पनी लिको आईपिओ बजारमा ल्याउन लागेको छ । लमजुङको दोर्दी खोलामा निर्वाणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको निमार्ण ९८ प्रतिसत काम पुरा भएको छ । लिवर्टी इनर्जी कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, साहास उर्जाका प्रवन्ध संचालक शुसिल थापा, सेयर बजारका हस्ती एवम् १४ नंबर ब्रोकरका अध्यक्ष ईश्वरी रिमाललगायतका प्रर्वधक रहेको छन । ४ अर्व ६३ करोड ६१ लाख लगतमा निर्माण हुने दोर्दी खोला जलविद्युत मेगावाट १८ करोड ५ लाख लागतमा बन्ने छ । भदौ ३ गतेदेखी ३५ लाख ६४ हजार ९ सय कित्ता आईपिओ सर्वसाधारणको लागी जारी गर्न लागेको हो । सो कम्पनीका संचालक राम पाण्डे जारी समयमै सेयर विक्री हुने बताउँछन । तनहुँमा जम्एिका पाण्डे प्रभु बैंका पुर्व संचालक, आशा लघुवित्तका अध्यक्ष र प्रभु लाईफ इन्स्योरेन्सका अध्यक्ष भैसकेका व्यक्ति हुन । उनै पाण्डेसंग अर्थपथडटकमले कुराकानी गरेको छ, प्रश्तुत छ यीनै कुराकानीको सारसंक्षेप ः–

माथिल्लो दोर्दी खोला जलविद्युत आयोजनामा सर्वसाधारणले सेयर किन किन्ने ?
राज्यले नै हाईड्रोपावर उत्पादक कम्पनीहरुलाई १० प्रतिशत सेयर जनतालाई दिनुपर्छ भन्ने नियम नै बनाएको छ । राज्यकले भनेपछि लघविद्युतमा पनि जनताको हिस्सेदारीको लागी सेयर जारी गरेका हौं । सर्वसाधारणले सेयर किन किन्न भन्नुपर्दा हामीले २०६७ सालदेखी आजसम्म (करिव १० बर्ष) लगाएर २५ मेगावाट जलविद्युत उत्पादन हुनै लागेको छ । आयोजना बनिसकेपछि अवको दुई महिनामा विद्युत उत्पादन शुरु हुन्छ । उत्पादन भईसकेपछि आगामी बर्षको विद्युतको आम्दानीबाट हामी हाम्रा लगानीकर्तालाई लाभांस दिन्छौ । सेयर किनेको अर्काे बर्ष प्रतिफल पाईन्छ भने लगानीकर्ताले किन नहाल्ने र ? यत्रो दुख गरेर आयोजना बनाइसक्यौं । अव परिक्षण उत्पादन सुरु हुँदैछ भने सेयरमा लगानी गरेर फाइदा नै हुन्छ । जनताले चाँहि बत्ति बालिसक्न लागेको जलविद्युतमा १ सय रुपैयाँमा सेयर हाल्नुपर्दा किन नहाल्ने त ?

दुई महिनामै विद्युत उत्पादन हुन्छ भन्ने के ग्यारेन्टी छ ?
हाम्रो काम पुरा भईसकेको हो । हाम्रो वेवसाईटमा पनि हेर्न सक्नुहुन्छ । बाँकी काम दुई महिनामा सिध्याउँदै छौँ र बत्ति जोडर नेपाल विद्युत प्राधिकरणलाई दिँदै छौँ । सबै संरचना सिद्धसकेको छ । प्राधिकरणसंगको टेस्टिङ एण्ड कम्युनिकेशन र ट्रान्समिटरको थोरै काम मात्रै बाँकि रहेकाले बत्ती बल्न दुई महिनामात्रै लाग्ने भनेका हौँ ।

उत्पादन भएको दोस्रो बर्षमा नै १२.५ प्रतिशत लाभांश दिने भन्नु भयो त्यसको आधार के हो ?
आधार त हामी बत्ति बाल्छौ । बत्ति बालिसकेपछि हामी बर्षको ७६ करोड रुपैयाँ आम्दानी हुन्छ । अनि बैंकलाई तिर्नुपर्ने किस्ता तिरेर बाँकी रहेको पैसा हामीले सेयरधनीलाई बाड्ने हो । हाम्रो अपरेशन ईनकमको ४ प्रतिशत भए पुग्छ । आधार यहि हो ।

३५ लाख ६४ हजार कित्ता छन्, यो सबै विक्री हुन्छ ?
यो त कम्पनीको कति साईज भन्ने हो । २ मेगावाटको भएको भए २ करोडको हुन्थ्यो होला । हाम्रो त २५ मेगावटको आयोजना हो । त्यसैले हामीले दिनै पर्ने हो । विक्री त भईहाल्छ नि । सेयर विक्री हुनेमा कुनै विवाद छैन ।

प्रति मेगावाट १८ करोड ५४ लाख लागतमा छ, यो कस्ट अलि बढि भएन र ?
नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी आजभन्दा १८ बर्ष पहिले बनाएको ३८ करोडमा प्रतिमेगावाटमा बनाएको छ । चमेलिया आजभन्दा ७ बर्ष पहिले बनाउँदा ५६ करोड प्रतिमेगावाटमा बनाईरहेको छ । हाम्रो भन्दा ठूलो चाईनिजको ४९ मेगावाट हारारीको ३८ करोड प्रतिमेगावाटमा बनाई रहेको छ । अव हामीले १८ करोडमा बनाउछौँ भन्दा महँगो भयो ? लागत महंगो भयो भनेर हामीमाथि कसैले दावा बोल्छ भने त्यसको कुनैपनि उत्तर दिन सक्दैनौ । किनभने हाम्रो एक मेगावाट र प्राधिकरणको पनि एक मेगावाट बरावर होनी । उनीहरुको बेलाको जस्तो मेनपावर २ सयमा पाउँदैन आज दैनिक १ हजार ज्याला पुगेको छ । डलरको भाउ त्यतिखेर ४० रुपैयाँ थियो आज १२० को वरिपरि छ । अझैपनि निजी प्रबद्र्धकहरुमाथि चाँहि राज्यको आँखा लाग्ने ? सर्वसाधारणको सोचमा परिवर्तन आउन जरुरी छ ।

आईपीओको रेस्पोन्स कस्तो आईरहेको छ ?
हामीले हाम्रो प्रोडक्ट राम्रो छ भन्नु स्वभाविक हो । बजारको रेस्पोन्स राम्रो आइरहेको छ । बाँकी हामीलाई कति विश्वास गर्नुहुन्छ भन्ने कुरा त ३ गतेपछि नै थाहा पाउँछौँ । अन्र्तराष्ट्रिय स्तरको युरोपीयन मसिन राखेका छौँ । राम्रा सामाग्रीहरुको प्रयोग गरेका छौँ । युरोपीयन मेशिन र राम्रा सामाग्रीको प्रयोग गरेपछि आयु स्वतः लामो समयसम्म रहन्छ । यसले गर्दा हाम्रो उत्पदनमा कहिलैपनि समस्या आउँदैन । उत्पादनमा समस्या नआएपछि त्यसको आम्दानीमा पनि फरक पर्दैन र लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिन्छ भन्ने हाम्रो प्रतिवद्धता हो ।

अव दुईमहिनापछि विद्युत उत्पादन हुन्छ भनेर केहि तयारी गर्नुभएको छ ?
प्राधिकरणले सबश्टेसन बनाउने काम पुरा गरिसकेको छ । हाम्रो मेसिन सबै जोडर टेस्टिङको प्रक्रियामा रहेको छ । भनेपछि यो भन्दा तयारी के गर्नु पर्यो र । हाम्रो पावरहाउसबाट एनईएको सवस्टेनसम्म जम्मा ५० मिटरमा २२० केभिएको प्रशारण लाइन रहेको छ । हामीले गर्नुपर्ने काम केहि छैन । हाम्रोमा टेक्निकल ईरर आयो भने एक डेढ महिना तलमाथि जान सक्ला । जस्तो साधारण नेपालीका छोराले बत्ति बालेर देशको उर्जामा २.५ प्रतशत देन हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्