कुलमानको कार्यकाल थप नहुँदै सामाजीक सञ्जालमा किन भए भाइरल ? « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

कुलमानको कार्यकाल थप नहुँदै सामाजीक सञ्जालमा किन भए भाइरल ?



काठमाडौं । उज्यालो नेपालका अभियान्ता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल पुन थप भएको भन्ने हाल्लाले सामाजीक सञ्जाल भाइरल भएको छ । सामाजीक सञ्जाल फेसबुकमा कुलमानको बधाइको ओइरो लागेको छ ।

उर्जा मन्त्रालयका प्रेश सल्लाहाकार दयनिधी भट्टले कुलमानको नियुक्ति भैनसकेको बताए । साँझ मन्त्रीपरिषद बैठक सुरु नहुँदै कुलमानलाई सामाजीक सञ्जालमा भाइरल बनाइएको छ । घिसिङको कार्यकाल यही भदौ २९ गतेसम्म रहेको छ । उर्जा मन्त्रालयको प्रश्तापमा घिसिङको कार्यकाल पुनः ४ वर्षको लागी थप गरिएको हो ।

बरिष्ठ कलाकार हरिबंश आचार्यदेखी अर्का कलाकार दिपकराज गिरीसम्मले घिसिङको पुनस् नियुक्ती भएको भन्दै बधाइको ओइरो लागेको छ । ४ वर्षअघि तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई प्राधिकरणको नेतृत्व सुम्पेका थिए । उनि प्राधिकरण आउनुअघि देशमा १८ घण्टासम्म लोडसेडिङ थियो । २७ अर्व नोक्सानमा रहेको प्राधिकरणलाई घिसिङले यसै वर्ष ११ अर्व कमाएर देखाइदिएका छन ।

उर्जामन्त्री वर्षमान पुनको प्रश्तावमा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको पुनः नियुक्तीको तयारी भएको छ । यद्धेपी यस समाचार तयारपार्दासम्म निर्णय भैसकेको छैन । मंगलबार मन्त्रीपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्