बल्ल खुल्यो जग्गाको कित्ताकाँट, अव टुक्रा जग्गाको भाउ बढ्ने « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

बल्ल खुल्यो जग्गाको कित्ताकाँट, अव टुक्रा जग्गाको भाउ बढ्ने



काठमाडौं । ३ वर्षदेखी सरकारले रोकेको जग्गाको कित्ताकाँट पुन खोलेको छ । ३ वर्ष अघि अथार्त केपी शर्मा ओली सरकार नबन्दै तत्कालिन भूमि व्यवस्थामन्त्रीले रोकेको जग्गाको कित्ताकाँट खुलेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल गत मन्त्रिपरिषद बैठकबाट जग्गाको कित्ताकाट खुल्ला गराएकि हुन । सरकारले उव्जाउयोग्य जमिन नाश भएको भन्दै जग्गाको कित्ताकाँट रोकेको थियो । ३ वर्ष अघिका भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य टुक्राुइएको भन्दै कित्ताकाँट रोकेका थिए ।

शहरी इलाकामा उव्जाउयोग्य जमिन खण्डिकरण भएको भन्दै सरकारले जग्गाको कित्ताकाँटमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्धको बेलामा पनि जज्गाको कित्ताकाँट र प्लटिङ गर्ने काम रोकिएको थिएन । जग्गा व्यावसायीले चर्को मुल्य तिरेर जग्गाको कित्ताकााट गराउँदै आएका थिए । कित्ताकाट रोकिँदा प्रतिआना २ लाखसम्म घुस खुवाउनु परेको गुनासो व्यावसयीहरुले अख्तियारमा पुर्याएपछि सरकारले खुला गरेको हो ।

कित्ताकाँट खुलेपछि अव काठमाडौं लगायत शहरमा जगकाो भाउ घट्ने भएको छ । जग्गा व्यावसायीहरुले अण्डरटेवलबाट जग्गा कित्ताकाँट गराएर महंगोमा विक्री गर्दै आएका थिए । अव जग्गाको मुल्यपनि घटेने भएको छ ।


प्रतिक्रिया दिनुहोस्