रु रु जलबिद्युतको नाफा २४.११ प्रतिशत बढ्यो, विद्युत बिक्री आम्दानी १४ करोड ९६ लाख रुपैयाँ « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

रु रु जलबिद्युतको नाफा २४.११ प्रतिशत बढ्यो, विद्युत बिक्री आम्दानी १४ करोड ९६ लाख रुपैयाँ



काठमाडौं । रु रु जलबिद्युत कम्पनी लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.११ प्रतिशत बढेर ७ करोड २१ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा ५ करोड ८९ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत बढेर १४ करोड ९६ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेर ४० करोड ७७ लाख ५ हजार रुपैयाँ, जगेडा कोष ११७.४७ प्रतिशत बढेर १३ करोड ३६ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७१ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५१.१७ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्