रैराङ हाइड्रोपावरको अधिकांश सूचकमा उल्लेख्य सुधार, ईपीएस कति बढ्यो ?
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३७५.७६ प्रतिशत बढेर ५ करोड ९० लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड २४ लाख ५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.९८ प्रतिशत बढेर २४ करोड २३ लाख ६० हजार रुपैयाँ कमाएको छ । कम्पनीको कुल आम्दानी ३८.६७ प्रतिशत बढेर २४ करोड २७ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कुल गैर सञ्चालन खर्च ३.०६ प्रतिशत बढेर १३ करोड ९६ लाख २८ हजार रुपैयाँ रहेको छ ।
गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी स्थिर रहेर ५६ करोड रुपैयाँ र जगेडा कोष ५००.४५ प्रतिशत बढेर ७ करोड ५३ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३२ पैसा बढेर १० रुपैयाँ ५४ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.७८ गुणा रहेको छ ।