गत बर्ष नेशनल हाइड्रोपावरको सूचक कस्ता छन् ? « Arthapath.com
६ भाद्र २०७८, आईतवार

गत बर्ष नेशनल हाइड्रोपावरको सूचक कस्ता छन् ?



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासमा २.२१ करोड घाटामा रहेको छ । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म २ करोड २१ लाख ८२ हजार खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेर २ करोड ५४ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ३५ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २१ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ३७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्