दिल्लीमा १० वर्ष पुराना डिजेल सवारीसाधनहरुको दर्ता रद्द गर्ने « Arthapath.com
२ पुष २०७८, शुक्रबार

दिल्लीमा १० वर्ष पुराना डिजेल सवारीसाधनहरुको दर्ता रद्द गर्ने



एजेन्सी । नयाँ वर्षको शुरुवातबाट पुराना डिजेल सवारीसाधनमाथि कारबाही सुरु हुने भएको छ । दिल्ली सरकारले जनवरी १, २०२२ देखि लागू हुने १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द गर्नेछ । सरकारले यी सवारी साधनहरूलाई अन्य ठाउँमा पुनः दर्ता गर्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गर्ने जनाएको छ । राष्ट्रिय हरित प्राधिकरण (एनजीटी) को निर्देशनका कारण सरकारको यो कदम चालिएको हो ।

यस हप्ताको सुरुमा दिल्ली यातायात विभागले जारी गरेको आदेश अनुसार १५ वर्ष वा सोभन्दा पुराना डिजेल गाडीका लागि एनओसी जारी गरिने छैन । जुलाई २०१६ मा दिल्ली–एनसीआरमा १० वर्षभन्दा पुराना डिजेल गाडी र १५ वर्ष भन्दा पुराना पेट्रोल गाडीहरूको दर्ता र चलाउन प्रतिबन्ध लगाउन निर्देशन जारी गरेको थियो ।

दिल्लीमा करिब ३८ लाख पुराना गाडी छन् । जसमध्ये ३५ लाख पेट्रोल र ३ लाख डिजेल गाडी छन् । राष्ट्रिय हरित न्यायाधिकरण (एनजीटी) र सर्वोच्च अदालतको आदेशपछि दिल्लीको सडकमा यी सवारी साधन चलाउन पाइँदैन । एनजीटीले राजधानीमा १० वर्ष वा सोभन्दा पुराना डिजेल कार र १५ वर्ष वा सोभन्दा माथिका पेट्रोल गाडीमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा दिल्ली सरकारले डिजेल सवारीसाधनको अगाडि इलेक्ट्रिकको नयाँ विकल्प खोलेको छ ।

१० वर्ष भन्दा पुराना डिजेल सवारी साधन र १५ बर्ष भन्दा पुराना पेट्रोल वाहन दिल्ली– एनसीआर बाहिर बेच्न सकिन्छ । सरकारले १० देखि १५ वर्ष पुराना डिजेल गाडीहरूलाई एनओसी दिइने स्पष्ट पारेको छ । ताकि तिनीहरू दिल्ली–एनसीआर बाहिर पुनः दर्ता गर्न सकून्। डिजेल गाडी १५ वर्षभन्दा पुरानो भएमा खारेज गरिने छ ।

यदि १० वर्ष पुरानो डिजेल कार छ भने चिन्ता लिनु पर्दैन । दिल्ली सरकारले १० वर्ष पुरानो डिजेल गाडीलाई इलेक्ट्रिकमा परिणत गर्ने बाटो पनि खुला गरेको छ । कार बेच्न वा स्क्र्यापमा दिन आवश्यक छैन । दिल्ली सरकारले डिजेल कारलाई विद्युतीय कारमा परिणत गर्ने लागतमा पनि अनुदान दिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्