सिई कन्स्ट्रक्सन ३१औं वर्षमा प्रवेश « Arthapath.com
११ बैशाख २०७९, आईतवार

सिई कन्स्ट्रक्सन ३१औं वर्षमा प्रवेश



काठमाडौं । देशभरिकै निर्माण क्षेत्रको अग्रणी कम्पनी सिई कन्स्ट्रक्सन प्रालि ३० औ वर्ष पूरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजय राजभण्डारीले कम्पनीका आगामी १० वर्षको लागि रोडम्याप प्रस्तुत गरेका हुन ।

उनले कम्पनीले प्राप्त गरेका उपलब्धीहरुहरुबारे पनि चर्चा गर्नुका साथै यस क्रममा आइपर्ने विभिन्न चुनौतीहरुको सामना गर्दै कसरी यो उचाइसम्म पुग्न सफल भयो भनी स्मरण पनि सुनाए । उनले अबको १० वर्षमा कम्पनी कस्तो बनाउने भावनी योजनाबारे पनि जानकारी गराए । कम्पनीले ‘टाइम’, ‘कस्ट’ र ‘क्वालिटी’मा विशेष ध्यान दिने गरेको अध्यक्ष राजभण्डारीले बताए । ‘हामीले समय, क्वालिटी, प्रोजेक्ट म्यानेजमेन्टलाई विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘पैसा तिरेपछि त्यही अनुसारको प्रोडक्टको आशा राख्नु स्वभाविक नै हो । प्रोजेक्टका लगानीकर्ताको आशा र चाहना अनुसार हामीले गुणस्तरीय काम समयमा नै सम्पन्न गर्ने गरेका छौं ।’

कम्पनीका अपरेशन डाइरेक्टर गोपाल मानन्धरले कम्पनीले आफ्नो काम गुणस्तरीय रुपले गरेको कारणले गर्दा नै उत्कृष्ट हुन सकेको जनाए । यो गुणस्तरलाई अझ समय सापेक्ष अझै बढाउँदै लाने उनले बताए । कम्पनीलाई निर्माण क्षेत्रमै एक उदाहरणीय बनाउनको लागि सम्बन्धित विभागका सबैलाई उनले निर्देशन दिए ।

कम्पनीका जनरल म्यानेजर शम्भु फुँयालले आफ्नो ३० वर्षको कार्यकालमा कम्पनीले कसरी आज यो उँचाई प्राप्त गर्न सफल भयो भन्ने आफ्नो अनुभव बाँंडेका थिए । कम्पनीका फाइनान्स डाइरेक्टर श्याम मिलन श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा पनि कसरी कम्पनीले आफ्नो आर्थिक गतिविधिलाई चलायमान राख्न सक्यौ भन्ने प्रष्ट पार्दै सभालाई समापन गरेका थिए ।

सो अवसरमा कम्पनीले कम्पनीमा कार्यरत एक सय २६ जना कर्मचारीहरुलाई नगदका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरियो । १० वर्ष पूरा गरेका ४० जना, १५ वर्ष पूरा गरेका २७ जना, २० वर्ष पूरा गरेका ४५ जना, २५ वर्ष पूरा गरेका १२ जना र ३० वर्ष पूरा गरेका दुई जनालाई सम्मान गरिएको हो ।

सिई कन्स्ट्रक्सन प्रालि नेपालको प्रसिद्ध निर्माण कम्पनी हो । काठमाडौंसहित देशका मुख्य शहरमा रियलस्टेटमा काम गर्ने अग्रणी कम्पनीमा सिई अग्रणी कन्स्ट्रक्सनमा पदर्छ । कम्पनीले अहिले देशभर विभिन्न क्षेत्रमा दर्जनौं ठूला प्रोजेक्टमा काम गरिरहेको छ ।

कम्पनीले स्थापनाको ३० वर्षसम्ममा सयौं प्रोजेक्ट सम्पन्न गरिसकेको जनाएको छ । यसका जोइन्ट भेन्चर ३० भन्दा बढी छन् । सिइ आइएसओ सर्टिफाइड कम्पनी समेत हो ।


प्रतिक्रिया दिनुहोस्